Monday May 13, 2024
BS 2081 Jestha 1
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

रियल मड्रिड फेरि हार्‍यो

Jan 19, 2017 under Sports 351

स्पेनिस जाइन्ट रियल मड्रिडले लगातार दोस्रो हार व्यहोरेको छ । कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा सेल्टाभिगाले रियल मड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

४० खेलमा अपराजित स्पेनिस रेकर्ड बनाएको रियल ला लिगामा सेभिल्लासँग पराजित भएको थियो ।

real-vs-celta

बुधबार राति रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा सेल्टाभिगोले ६४ औं मिनेटमा इयागो स्पासको गोलबाट अग्रता लिएको थियो । ६९ औं मिनेटमा मार्सेलोले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । तर, एक मिनेट लगतै कास्ट्रो ओटोले गोल गर्दै सेल्टाभिगोलाई २-१ को अग्रता दिलाए ।

खेल सकिन ८ मिनेट बाँकी छँदा रियलले बराबरी गोल गर्ने मौका पाएको थियो । तर, उसका स्ट्राइकर करिम बेन्जिमाको प्रहार क्रसबारमा लाग्यो ।

OnlineKhabar
No news.
Australian Dollar to Nepalese Rs